काठमाडौ, कात्र्तिक ५
नबिल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेकाछन । नवनियुक्त अध्यक्षलाई आज बुुधबार आयोजित एक भर्चुअल समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शपथ ग्रहण गराएका हुुन ।
शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति रहेको थियो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालककोरूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुुन ।