काठमाडौ, कात्र्तिक ५
स्वीस सरकार बिकास सहयोग एसडिसिको सहयोगमा वान टु वाचलेएन एम बि बैंक र लक्ष्मी बैंक संग साझेदारी गरि कोभिड १९ एमएसएमई कोषको घोषणा गरेको छ । यो कोषको मुल उद्देश्य कोभिड–१९ बाट प्रभावित लद्यु,साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ ।
यो कोषबाट व्यवसायहरुलाई छोटो अवधिको लागि कर्जा प्रदान गर्नुका साथै व्यवसाय अनुकूल परामर्श रतालिम पनि प्रदान गरि व्यवसायको दिर्घायु निरन्तरतामा सहयोग पुर्याउन र रोजगारी जोगाउन मद्दत गर्ने छ । यो कोषद्धारा करिब १०० व्यवसायलाई सहयोग प¥याउने र करिब १००० रोजगारी जोगाउने अपेक्षा गरिएको छ । यस अन्तर्गत कोभिड १९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितो रहित कर्जा र १८ महिना सम्मको लागि व्याज पनि मिनाहा गरिनेछ । त्यसैगरि त्यी व्यवसायहरु मध्ये छनोटमा परेका व्यावसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् । यस्तो विषम परिस्थितिमा, यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दे उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरि सहयोग गर्नेछ । आशा छ कि यो पहल एक “पायलट÷प्रयोगात्मक“ हुनेछ जसमा अरु बैंक साझेदारहरु को सहभागिता बढ्दै जानेछ, वान टुु वाचका प्रर्वन्ध निर्देशक सुमन जोशीले भने ।
साना तथा मझौला व्यावसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड हुन् । यी व्यवसायहरुले धेरै रोजगारी प्रदान गर्छन् र नवीनताका चालक हुनुका साथैन याँ रोजगारी पनि प्रदान गर्दछन् । तसर्थ, यी व्यवसायहरुको आथिक अवस्थामा सुधार ल्याउँदा समग्र अर्थतन्त्र नै पुनःचलायमान गर्न बलियो जग खडा गर्न सकिने छ । लामो समय देखि नेपालको विकास साझेदारका रुपमा रहेको एसडिसिले निजी क्षेत्रसंगको साझेदारीमा गरिने यस पहललाई सहयोग गर्दा गर्व महसुस गरेका छौ ।”महामहिम एलिजाबेथ भोन क्यापेलर भने, –नेपालको लागि स्विस राजदुत“हामी एक खुद«ा तथा एमएसई केन्दि«त बैंंक हौं, हामी आशावादी छौं कि यो सहकार्यले ऋण योग्य साना उद्यमीहरुलाई बैकं ऋणको पहुँचले यस विषम परिस्थितिमा, व्यवसाय र जिविका चलाउन सहयोग पु¥याउने छ । हाम्रो धारणा यो छ कि एमएसई हरुलाई यस समय विशेष ध्यान र सहयोगको आवश्यकता छ र यस क्षेत्रले देशको अर्थतन्त्रपुनः चलायमान गर्नका साथै दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई गति दिएर टेवा पु¥याउने छ । लक्ष्मी बैंकका प्रमुुख कार्यकारी अधिकृत अजय विक्रम शाह भने लक्ष्मी बैंक र एनएमबी बैंकको प्राथमिकता भनेको दिगो बैकिङ्ग हो र एमएसएमई नै अर्थतन्त्रको दिगो बृद्धिको प्रमुख चालक हुन भन्ने हाम्रो धारणा हो । सम्पूर्ण व्यासायिक क्षेत्रहरु विशेषगरि एमएसएमई अहिले कमजोर छ र घाटा बेहोरी राखेको छ । यस्ता व्यवसायहरुको पुनरुद्धार योजनालाई साथ दिन, एनएमबी बैंक, एक साझेदार बैकंकोरुपमा अति प्रभावित व्यवसायलाई धितो रहित कर्जा प्रदान गर्न प्रतिबद्ध छ । एनएमबी बैंकले यस्तो अन्य पहलहरु लाई समर्थन प्रदान गर्न प्रतिवद्ध छ, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।