neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएपछि आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार

मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएपछि आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार

Oct 21st, 2020

दमौली, ५ कात्तिक /रासस

मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर आज परिवारले दाहसंस्कार गरेका छन् । गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन् ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो । टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उहाँको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात् पिसीआर परीक्षण गर्दा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi