neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ सम्पन्न

‘पृतनापति समन्वयात्मक बैठक २०७७’ सम्पन्न

Oct 21st, 2020

काठमाडौ, कात्र्तिक ५

नेपाल सेनाको पृतनापति समन्वयात्मक वैठक २०७७’ सम्पन्न भएको छ । यही कार्तिक ०२ गतेदेखि जङ्गी अड्डामा सञ्चालन भएको तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक’ कात्र्तिक चार गते समापन भएको सेनाले जानकारी दिएको छ ।

उक्त समन्वयात्मक बैठकको क्रममा जङ्गी अड्डाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आआफ्नो विभागको जिम्मेवारी सम्बन्धि विषयहरुको कार्य प्रगतिको समिक्षा साथै भर्चुुअली सहभागी पृतनापतिहरुले आआफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड १९ बाट सिर्जित अवस्था तथा त्यसबाट आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवं लिनुपर्ने कार्यनीतिहरु सम्बन्धमा सुझावहरु सहितको प्रस्तुतिकरण गरेका थिए ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उक्त समन्वयात्मक बैठकको समापन गरेका थिए । आफ्नो समापन मन्तव्यमा प्रधानसेनापति महारथी थापाले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याफउने सबैलाई धन्यवाद दिँदै सम्मेलनमा भएको प्रस्तुतिकरण र छलफलबाट निस्किएका निचोडहरुले भविष्यको लागि महत्वपुर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा उनले नेपाली सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालिमा आधारीत बनाउन थप बल पुर्याएको टिप्पणी गर्दै वर्तमान प्रवृत्तिको विश्लेषण र जाडो मौसमका कारण पनि कोभिड १९ को महामारी बढ्दै जाने पुर्वानुमान अनुसार सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसङ्गको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्नको लागि निर्देशन दिएका थिए । उनले यस महामारीको समयमा आफ्नो फौज र तिनका परिवारहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्यालउन, संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र तिनको हौसला कायम राख्न तथा राख्न लगाउन समेत सबैलाइ निर्देशीत गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi