neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एक गोल उपहार पाए पनि युनाइटेडसँग पीएसजी पराजित

एक गोल उपहार पाए पनि युनाइटेडसँग पीएसजी पराजित

Oct 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ५ कात्तिक

युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मन (पीएसजी) लाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा युनाइटेडसँग २–१ गोलले पराजित भएको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र रासफार्डले एक/एक गोल गरे । पिएसजीले एक गोल उपहार पाएको थियो ।युनाइटेडले एक गोल पहिलो हाफमा र अर्को गोल दोस्रो हाफमा गरेको हो ।

खेलको २३ औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५५ औं मिनेटमा युनाइटेडका एन्थोनी मार्टियलले आत्मघाति गोल गरेपछि खेल १-१ को बराबरीमा आएको थियो ।

त्यसपछि खेल सकिन ३ मिनेट बाँकी रहँदा रासफार्डले गोल गर्दै टोलीलाई २–१ को जित दिलाए ।रासफार्डले सो गोल पाउल पोग्बाको पास गरेका हुन्।

जितसँगै च्याम्पियन्स लिगको समूह एचमा रहेको युनाइटेडले तीन अंक जोडेको छ ।गत सिजन उपविजेता पीएसजी भने पहिलो खेलमै अंक विहिन बनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi