neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • यस्तो छ निशुल्क कोरोना उपचार गराउन पाइने मापदण्ड

यस्तो छ निशुल्क कोरोना उपचार गराउन पाइने मापदण्ड

Oct 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, ४कात्तिक

सरकारले कोरोना संक्रमितको निशुल्क उपचार गराउन पाउने व्यक्तिहरूको लागि मापदण्ड तयार गरेको छ।

कोरोनाको निशुल्क उपचार गराउन पाउने व्यक्तिहरुलाइ सातवटा सूचीमा वर्गीकरण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो सूची सार्वजनिक गर्दै निस्शुल्क उपचार पाउने संक्रमितहरूलाई सात वटा सूचीमा वर्गीकरण गरेको जनाएको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्नहरूको निस्शुल्क उपचार गर्ने उल्लेख छ।

कुनै पनि संक्रमितले आफू विपन्न भएको प्रमाण पत्र पेस गरे वा स्वयं घोषणा गरे भने त्यस्ता संक्रमितहरूको सरकारले निस्शुल्क उपचार गर्नेछ ।

त्यस्तै सरकारले अशक्त संक्रमितहरूको पनि निस्शुल्क उपचार गर्ने भनेको छ।

यसका लागि पनि संक्रमितले अशक्तताको प्रमाणपत्र वा स्वयं घोषण गर्नुपर्ने भनिएको छ।

असहाय व्यक्तिहरूले पनि निस्शुल्क कोरोनाको उपचार पाउने भनिएको छ। जसका लागि त्यस्ता व्यक्तिले सिफारिस वा स्वयं घोषणा गर्नुपर्ने भनिएको छ।

यस्तै असहाय एकल महिलाले पनि प्रमाणपत्र वा स्वयं घोषणा गरे निशुल्क उपचार पाउनेछन्।

त्यस्तै अति अपांगता भएका संक्रमितले पनि निस्शुल्क उपचार पाउने भनिएको छ। त्यसका लागि संक्रमितले अपांगताको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ।

यसको साथै जेष्ठ नागरिक संक्रमित भए त्यस्ताको पनि सरकारले निस्शुल्क उपचार गर्ने छ।

मन्त्रालयले सार्वजनिक गरेको उक्त सूचनामा ७० वर्ष पुगेका नागरिकताको प्रमाणपत्र वा उमेरको स्वयं घोषणा गरे निस्शुल्क उपचार गरिने उल्लेख छ।

सूचीको सातौंमा अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूको पनि निस्शुल्क उपचार गरिने उल्लेख छ।

त्यस्ता व्यक्तिहरूले सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने हुन्छ।

उल्लेखित प्रमाणपत्र वा आधारहरू संकलन नभएमा सम्बन्धित अस्पतालको सामाजिक सेवा ईकाई वा अस्पतालकै सिफारिसमा पनि निशुल्क सेवा लिन सकिने भनिएको छ।

तर आधार पुगेका संक्रमितहरूको विमा गरिएको अवस्थामा भने सम्पूर्ण परीक्षण तथा उपचार खर्च निजको बीमा रकमबाट कटौति गरिने उल्लेख छ।

aadharbhumi
aadharbhumi
aadharbhumi