neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई राखेको अवस्थामा प्रहरीद्वारा सकुशल उद्वार

बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई राखेको अवस्थामा प्रहरीद्वारा सकुशल उद्वार

Oct 20th, 2020

ललितपुर, कात्र्तिक ४

बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई राखेको अवस्थामा प्रहरीद्वारा सकुशल उद्वार गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार यही कात्र्तिक तीन गते अं. १९ः३० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा. १ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ४ मनकामना चोक स्थित बस्ने गुड्डी साहकी छोरी बर्ष ८ की अनुखा साह कोठा भन्दा बाहिर खेलीरहेको समयमा साईकल चढी आएका एकिन नाम थाहा नभएका ब्यक्तीहरुले साईकलमा राखी लगेको भनि मौखिकरुपमा महानगरीय प्रहरी वृत्त सातदोबाटोमा जानकारी प्राप्त हुनासाथ तत्कालै प्र.ना.उ. मित्रबन्धु शर्माको कमाण्डमा खटिएको प्रहरी टोलिले प्रबिधि समेतको प्रयोग गरी खोजतलास अं. २२ः१५ बजेको समयमा ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. २९ हरिसिद्दी स्थित सिता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारी निज पिडित बालिकालाई तत्कालै उद्वार गरी अपहरण गरी शरीर बन्धक गरी राख्ने कार्यमा मुख्य भुमिका निर्वाह निम्न उल्लेखित तीन जनालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत सातदोबाटोबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला सर्लाही हरिवन न.पा. वडा नं. ८ बासटोल घर भई ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. २९ हरिसिद्दी बस्ने बर्ष ३० को राजु कार्की, जिल्ला काभ्रे नमोबुद्ध न.पा. वडा नं. ८ बुझाकोट घर भई हालितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. २९ हरिसिद्दी बस्ने बर्ष २३ की सिता परियार, जिल्ला धनुषा धारापानी गा.पा. वडा नं. २ घर भई हाल ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. २९ हरिसिद्दी बस्ने बर्ष ४० को कृष्ण तोलामी रहेकाछन ।

aadharbhumi
aadharbhumi
aadharbhumi