neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या चार करोड ६ लाख नाघ्यो

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या चार करोड ६ लाख नाघ्यो

Oct 20th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक ४

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड ६ लाख नाघेको छ ।

नेपाली समय मंगलबार १:०० बजे सम्म विश्वभरीमा चार करोड ६लाख ६० हजार ९६३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म तीन करोड ३ लाख ६२ हजार ३६१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ९१ लाख ७४ हजार ४२२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ७२ हजार ७४६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ११ लाख २३ हजार १८० व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८४ लाख ५६ हजार ६५३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २५ हजार २२२ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ७५ लाख ९७ हजार ६३ जना सङ्क्रमित भएका छन् भने १ लाख १५ हजार २३६ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५२ लाख ५१ हजार १२७ जना सङ्क्रमित भएका छन् भने एक लाख ५४ हजार २२६ जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/