neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिकाको अलास्का नजिक ७.५ रेक्टरको शक्तिशाली भूकम्प

अमेरिकाको अलास्का नजिक ७.५ रेक्टरको शक्तिशाली भूकम्प

Oct 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ४ कात्तिक

अमेरिकाको अलास्का नजिक ७.५ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी पनि दिएको छ ।अमेरिकी भूगर्भीय सर्वेक्षणको अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम रहेको जनाएको छ ।

भूकम्पपछि ठूला ठूला ५.८ ,५.७,५.२ ५.५ म्याग्निच्यूडका पराकम्पनहरू पनि गइरहेका छन्।

नेपाली समयअनुसार बिहान साढे २ बजेतिर भूकम्प गएको हो। भूकम्पका कारण सो क्षेत्रका सडकहरूमा भने ठूला ठूला चिरा परेका छन्।