neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पृतनापति समन्वयात्मक बैठक २०७७’ शुभारम्भ

पृतनापति समन्वयात्मक बैठक २०७७’ शुभारम्भ

Oct 19th, 2020

काठमाडौ, कात्र्तिक ३

नेपाली सेनामा पृतनापति समन्वयात्मक बैठक २०७७’ शुभारम्भ भएको छ । कार्तिक ०२ गतेदेखि कात्र्तिक चार गतेसम्म जंगी अड्डामा सञ्चालन हुने तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को आईतबार प्रधानमन्त्री तथा रक्षामन्त्री प्रधानमन्त्री कार्यालयबाटै भर्चुअर्ली सम्मेलनको शुभारम्भ गरेका हुुन । उक्त कार्यक्रममा प्रधानसेनापति, रक्षा सचिव तथा जङ्गी अड्डाका रथीबृन्दको उपस्थिती रहेको थियो भने पृतनापतिहरु यथास्थानबाट ख्ष्चतगबििथ सहभागी हुनु भएको थियो ।

शुभारम्भ मन्तब्यको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाको गम्भिरता र संवेदनशिलतालाई मध्यनजर गर्दै यस्ता विषयहरुमा नियमीत अन्तरक्रिया भईरहनु पर्ने र यस्तो छलफलबाट महत्वपूर्ण निश्कर्षहरु निस्कने बिश्वास व्यक्त गरेका थिए । सोही क्रममा वहांले कोभिड १९ प्रतिकार्य, रोकथाम र नियन्त्रण, शब व्यवस्थापन तथा बिपदका विभिन्न घटनाहरुमा उद्धार तथा सहयोगमा नेपाली सेनाले खेलेको भुमिका तथा हालसालै नेपाली सेनाले सम्पन्न गरेको घाँटिबगर देखी छाँग्रु सम्मको गोरेटोरघोडेटो बाटो निर्माणको प्रशंसा गरेका थिए । साथै उनले नेपाली सेनाको आधुनिकिकरण योजना तथा आर्थिक अनुशासनको कायमी र प्रणाली र पद्धतीको कार्यान्वयनमा नेपाल सरकारको पूर्ण सहयोग र समर्थन रहने प्रसंग समेत उल्लेख गरेका थिए ।

प्रधानसेनापति महारथी पुर्णचन्द्र थापाले सम्माननिय प्रधानमन्त्रीको सारगर्भित शुभारम्भ मन्तब्यको लागि हार्दिक आभार व्यक्त गर्दै कोभिड १९ महामारीका कारण सृजित अन्यौलता एवं निराशा तथा आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुनसक्ने चुनौतिहरुको सामना गर्ने गरि आगामी कार्ययोजनाको निर्माण गर्न यो समन्वयात्मक बैठक उपयोगी हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्दैं नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट सकारात्मक सहयोग प्राप्त भईरहेको र यस्तै सहयोग भविष्यमा पनि निरन्तर भइरहने अपेक्षा राखेको बताएका थिए । समन्वयात्मक बैठकको क्रममा सहभागी महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुहुने कार्यक्रम रहेको छ ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्यारउने विश्वास नेपाली सेनाले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi