neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • वेस्ट ह्यामसँग टोटेनहम बराबरीमा रोकियो

वेस्ट ह्यामसँग टोटेनहम बराबरीमा रोकियो

Oct 19th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३ कात्तिक

प्रिमियर लिग फुटबलमा टोटेनहम वेस्ट ह्यामसँग बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा टोटेनहमलाई वेस्ट ह्याम युनाइटेडले ३-३ गोलको बराबरीमा रोकेको हो ।

खेलमा टोटेनहमको लागि ह्यारी केनले दुई गोल र ह्युङ मिन सनले एक गोल गरे भने वेस्ट ह्यामको लागि फाबियन बलबेउना र मानुएल लानजिनीले एक/एक गोल गरेका थिए।वेस्ट ह्यामले एक गोल उपहार पाएको थियो ।

टोटेनहमले पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

खेलको पहिलो मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ७ मिनेटपछि ह्यारी केनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । १६ औँ मिनेटमा ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पहिलो हाफमा ३–० ले अघि बढाए ।

पहिलो हाफमा ३–० ले अघि बढेको टोटेनहमले दोस्रो हाफमा भने गोल गर्न सकेन । दोस्रो हाफको अन्तिम ८ मिनेट बाँकी छदा फाबियन बलबेउले गोल गर्दै ३-१ को अवस्थामा ल्याए । खेलको ८५ औं मिनेटमा टोटेनहमका डेभिनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३-२ को अवस्थामा आयो।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा वेस्ट ह्यामका मानुएल लानजिनीले गोल गर्दै टोलीलाई हारबाट जोगाए।

बराबरीसँगै टोटेनहमले ५ खेलबाट ८ अंक जोडेको छ र छैटौं स्थानमा रहेको छ । वेस्ट ह्यामले ५ खेलबाट ७ अंक जोडेको छ र आठौं स्थानमा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi