काठमाडौँ, २ कात्तिक /रासस
नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरि बिल बिक्री गर्ने भएको छ ।
सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरि बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरि बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरि बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो ।
केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको ट्रेजरि बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।