neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थपिए १६९८ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १६९८ संक्रमित

Oct 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २ कात्तिक

आइतबार काठमाडौंमा उपत्यकामा थप १६९८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १६९८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १४ सय ६९  जना, ललितपुरका ९९  र भक्तपुरका १३० जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि शनिबार उपत्यकामा १७४६ सङ्क्रमित थपिएका थिए।

नेपालमा आइतबार थप २९४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख ३२ हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा २३२६ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ९२ हजार १६६ पुगेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३९  पुगेको छ। आइतबार मात्रै १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi