neapl investment mega bank aadharbhumi aadharbhumi

तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

Oct 18th, 2020

कैलाली, २ कात्तिक

धनगढी उपमहानगरपालिका-१३ श्रीलंका बस्ने प्रकाश बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्ट लगायत १३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३५ हजार १ सय ५० रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi