neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो

Oct 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, कात्र्तिक २

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ७४ लाख ९४ हजार भन्दा बढी पुगेको छ । स्रोतको अनुसार कुल सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार ५५१ पुगेको हो । ती मध्ये ६१ हजार ८७१ जना पछिल्लो २४ घण्टामा थपिएका छन् ।

कुल सङ्क्रमित मध्ये ७ लाख ८३ हजार २७८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक ६५ लाख ९७ हजार २०९ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म १ लाख १४ हजार ६४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये १ हजार ३३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८३ लाख ४२ हजार ६६५ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २४ हजार २८२ पुगेको छ ।

स्रोत: वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/