neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लुकाई छिपाइ राखेको सुन तथा चाँदी जस्तो देखिने धातु बरामद

लुकाई छिपाइ राखेको सुन तथा चाँदी जस्तो देखिने धातु बरामद

Oct 17th, 2020

पर्सा, कात्र्र्तिक १

वीरगंज महानगरपालिका ५ रेशमकोटीस्थित श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्लैटबाट लुकाई राखेको करिब २२ केजी ५ सय ७६ ग्राम सुन जस्तो देखिने बिस्कुट, करिब ६ सय ८१ ग्राम सुनको जस्तो देखिने विभिन्न गरगहनाहरु र करिब २ केजी २ सय ६२ ग्राम चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारत पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेको उक्त फ्लैटमा तलासी गर्दा उक्त धातु फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi