neapl investment mega bank
  • गृहपृष्ठ
  • सनराईज बैंकद्धारा चाडपर्व लक्षित नयाँ योजना सार्वजनिक

सनराईज बैंकद्धारा चाडपर्व लक्षित नयाँ योजना सार्वजनिक

Oct 17th, 2020

काठमाडौ, कात्र्तिक १

स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दे सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवानसफ्टसँग सहकार्य गरी यस योजना ल्याएको हो ।

यस योजना अन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एप मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकहरुलाई एकरएक थान स्मार्ट फोन प्रदान गर्ने बैंकले जनाएको छ । साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा कार्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको हो ।