neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ललितपुरको महालक्ष्मी नगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवा बन्द

ललितपुरको महालक्ष्मी नगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवा बन्द

Oct 16th, 2020

ललितपुर, ३० असोज /रासस

कोरोना सङ्क्रमित थपिदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ ।

सो नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले आज जारी गर्नुभएको सूचनामा नगरपालिकामा आगामी कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख छ ।

महालक्ष्मीमा आज दिउँसो साढे दुई बजेसम्म सङ्क्रमित सङ्ख्या ६१६ पुगेको छ । तीमध्ये स्वास्थ्य लाभ गर्ने २६९, सक्रिय सङ्क्रमित ३४४ र मृतकको सङ्ख्या तीन रहेको नगरपालिकाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi