neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबी बैंक सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

एनएमबी बैंक सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

Oct 16th, 2020

काठमाडौ असोज ३०

एनएमबी बैंक लिमिटेडले २५ मेघावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ«े गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्घारा निर्माण गर्दे गरेको बैंकले जानकारी दिउको छ ।

यो परियोजनामा एनएमबी बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेकाछन् । २५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत पाँच अर्ब रुपैयाँ रहेको छ । जसमध्ये बैकहरुको लगानी कुल तीन अर्ब ५० करोड रुपैयाँको हुनेछ । यो आयोजना समेत एनएमी बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।