neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय बाँणिज्य बैंकद्धारा पोसको माध्यद्धारा भुक्तानी सेवा सुरु

राष्ट्रिय बाँणिज्य बैंकद्धारा पोसको माध्यद्धारा भुक्तानी सेवा सुरु

Oct 16th, 2020

काठमाडौ, असोज ३०

राष्ट्रिय बाँणिज्य बैंकले पोईन्ट अफ सेल (पोस) को माध्यमद्धारा भुक्तानी सेवा सुरु गनेृ भएको छ । बैकले आउदो दशै एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै भोलि अर्थात कार्तिक १ गते, शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको पोसको माध्यमबाट भुक्तानी सेवा शुरु गरेको हो ।
अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पोसको माध्यमबाट रकम भुक्तानि गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यास ब्याक हुने छ ।

विश्वव्यापीरुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।