neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थपिए २ हजार ४०२ संक्रमित

काठमाडौं उपत्यकामा थपिए २ हजार ४०२ संक्रमित

Oct 16th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३० असोज

शुक्रबार काठमाडौंमा उपत्यकामा थप २ हजार ४०२  जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २ हजार ४०२  जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १७ सय ८४ जना, ललितपुरका २४४ र भक्तपुरका ३७४ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा १९३५ सङ्क्रमित थपिएका थिए।

नेपालमा शुक्रबार थप ४३९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख २६ हजार १३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५२२ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ८८ हजार ४० पुगेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ। शुक्रबार मात्रै २१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। 

aadharbhumi
aadharbhumi
aadharbhumi