आधारभूमि संवाददाता
काठमाडौँ, २९ असोज
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।अध्यक्ष थापालाई बुधबार सामान्य टाउको दुखाईको कारण कोभिड-१९ पिसिआर परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखिएको हो ।
अध्यक्ष थापाले ट्वीटर मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन् र केही दिन यता आफ्नो सम्पर्कमा रहेका माहानुभाबहरु सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गरेका छन् ।
अध्यक्ष थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् ।