neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • भक्तपुरमा मासु पसलको अनुगमनःबासी र कुहिएको बिक्री

भक्तपुरमा मासु पसलको अनुगमनःबासी र कुहिएको बिक्री

Oct 15th, 2020

भक्तपुर, २९ असोज /रासस

यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको छ । दशैंलाई लक्षित गरी भक्तपुर नगरपालिकाले आज यहाँका मासु पसल एवं मासु काट्ने ठाउँको अनुगमन गर्दा व्यवसायीले जथाभावी मूल्य राखी उपभोक्ता ठग्ने र बासीm कुहिएको मासु बिक्री गरेको तथा बधस्थलहरु अधिकांश फोहर रहेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिनुभयो ।

अनुगमन टोलीले दर्ता नगरी सञ्चालित हरिकृष्ण शाहीको राँगाको मासु पसलमा बिग्रेको, बासी र कुहिएको मासु बिक्री गरेको पाइएपछि १० किलो मासु जफत गरी नष्ट गरेको र तत्काल दर्ता गर्न निर्देशन दिएको छ । अनुगमनमा पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नवीकरण गर्न, सेतो एप्रोन प्रयोग गर्न, मासु झिंँगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजार, भाँडाबर्तन सफा राख्न, मूल्यसूची राख्न, ससेजको लेबलमा उत्पादन मिति र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको अनुगमन समितिका रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi