neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

Oct 15th, 2020

काठमाडौ, असोज २९

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा भएको छ । कम्पनीले आज बिहिबार काठमाडौैंस्थित म्यारियट होटल, नक्सालमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

बिसं २०६४ सालमा दर्ता भै २०७४/०८/२८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको कम्पनीको संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेकाछन ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।