neapl investment mega bank aadharbhumi aadharbhumi

नेसन्स लिगमा पोर्चुगलले सानदार जित

Oct 15th, 2020

आधारभूमि संवाददाता
काठमाडौं, २९ असोज

युइएफए नेसन्स लिगमा पोर्चुगलले सानदार जित निकालेको छ।।बुधबार राति भएको खेलमा पोर्चुगलले स्विडेनलाई ३–० गोलले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन डिएगो जोटाले दुई गोल र बर्नार्डो सिल्भाले एक गोल गरे । पोर्चुगलले दुई गोल पहिलो हाफमा र अर्को गोल दोस्रो हाफमा गरेको हो ।

खेलको २१ औँ मिनेटमा पोर्चुगलका सिल्भाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको एक मिनेट अघि डिएगो जोटाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि दोस्रो हाफको ७२ औँ मिनेटमा डिएगो जोटाले विलियन कार्भाल्होको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को सानदार जित दिलाए ।

जितसंगै समूह ए थ्रीमा पोर्चुगलले १० अंक जोडेको छ र शीर्ष स्थानमा छ। दोस्रो स्थानको फ्रान्सको पनि १० अंक नै छ। तेस्रो स्थानको क्रोएसियाको ३ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi