neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल आउने

भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल आउने

Oct 14th, 2020

काठमाडौ, असोज २८

भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे कार्तिक महिनामा नेपाल भ्रमणमा आउने भएकाछन । नेपाली सेनाले बिज्ञप्ती जारी गर्दे नरावणेको आगामी भ्रमण बारे जानकारी दिएको हो ।

विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण यही कार्तिक महिनामा हुने भएको छ । यस विषयमा नेपाल सरकार मन्त्रिपरिषदले मिति २०७६।१०।२० गते नै निर्णय गरेको थियो । यस भ्रमणकै अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीद्धारा जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।