neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ट्राफिक प्रहरी महाशाखाद्धारा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र

ट्राफिक प्रहरी महाशाखाद्धारा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र

Oct 14th, 2020

काठमाडौ, असोज २८

ट्राफिक महाशाखाले क्षमता भन्दा बढि यात्रु राख्ने, बढि भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सिहरुको अनुगमन र कारबाहिमा तिब्रता दिएको छ ।
यात्रुको चाप बढि हुने रुटमा बिशेष चेक प्वाइन्टहरु राखी सवारी साधनको चेकजाँचमा कडाई गर्दै बढि भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारबाही गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले चाडपर्व लक्षित बिशेष योजनालाई मध्यनजर गरी सादा पोशाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही अभियान चलाएको जानकारी दिए । उनले यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका बसपार्क एव मूख्य भिडभाड हुने चोकहरुमा चेकजाँच गरिस्वास्थ्य मापदण्ड पालना गरे नगरेको र यात्रुसँग बढि भाडा लिने गरे नगरेको अनुगमनलाई तीव्रता दिई थप कडा कारबाही गर्न थालेको बताए ।

उनले असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने,स्वास्थ्य मापदण्ड पालना नगर्ने १५ हजार चार सय ५१ वटा सवारी साधनलाई सम्झाई वुझाई गरि सुधार गर्ने प्रतिबद्धता पश्चात छाडेको समेत जानकारी दिए ।

महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमता भन्दा बढि यात्रु नराख्न रस्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न समेत सबै यातायात व्यवसायी एवं यात्रु वर्गमा अनुरोध समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi