neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमंचको आयोजनामा अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमंचको आयोजनामा अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

Oct 14th, 2020

काठमाडौँ, २८ असोज

अन्तराष्ट्रीय विपद् जोखिम न्यूनीकरण दिवस अक्टोवर १३, २०२० को उपलक्ष्यमा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्य मंचको आयोजनामा साप्ताहिक रूपमा मनाउन लागिएको मुल समारोहको कार्यक्रम एंव विपद् सुशासन विषयको सिम्पोजियममा प्रमुख अतिथिको रूपमा सम्माननीय प्रधानमंत्री के पी शर्मा ओली रहनु भएको थियो । प्रमुख अतिथि को रूपमा प्रधानमंत्री के पी शर्मा वलीले विभिन्न प्रकोपका कारण श्रूजना हुने विपद्को क्षति घटाउनको लागि सबै निकाय वीच सहकार्य र समन्वय गरी विपद् जोखिम न्यूनीकरण र पुर्व तयारी मा जोड दिनु पर्छ भन्नु भयो । विपद् सुशासनका लागि सरकार प्रतिवद्द रहेको छ यसको लागि गर्नु पर्ने सम्पूर्ण कामहरू गर्नको लागि नेपाल सरकार प्रतिवद्द रहेको छ भन्नु भयो । विशेष अतिथि गूह मन्त्री राम वहादुर थापा”वादल” ले हामीले वनाएका नीति, नियम, कानुन र योजनाहरू साच्चिकै स्थानीय स्तरमा कसरी लागु भएको छ भन्ने विषयमा समिक्षा गर्न आवस्यक रहेको छ भन्नु भयो । कार्यक्रममा गूह सचिव महेश्वर न्यौपाने, विभिन्न सरकारी उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल ज्यू को अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा देशका विभिन्न भागवाट सरकारी, ग़ैर सरकारी, नीजी क्षेत्र, संचारकर्मी, प्राज्ञिक समुह गरी विभिन्न क्षेत्रका ५ सय भन्दा वढीको जुममा वैठकमा सहभागिता रहेको थियो ।

सिम्पोजियममा विभिन्न ६ जना विभिन्न विज्ञहरूवाट विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो भने उक्त कार्यपत्रहरू माथी ६ जना विज्ञहरूले टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रमको संचालन गर्दै कार्य मंचका सदस्य सचिव एवं डिपीनेट नेपालका अध्यक्ष सूर्य बहादुर थापाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन का लागि राम्रो कानुनहरू वनेकाछन, रास्टिय रणनीतिक कार्ययोजना पनि वनेको छ त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्ने छ भन्नेमा जोड़ दिदै विपद् जोखिम न्यूनीकरणलाइ विकासको हरेक गतिविधिमा मुलप्रवाहीकरण गर्नु पर्ने र सबै मिलेर मात्र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्भव रहेको कुरामा जोड दिनु भएको थियो ।

विपद् जोखिम न्यूनीकरण र सुशासन को विषयमा नेपाल दुर संचारको सिमवाट ५ लाख मेसेज पठाइएको थियो भने यसको साथै लोक दोहोरो गित मार्फ़त विपद् जोखिम न्यूनीकरण सम्वन्धि गित जनता टेलिभिजनवाट प्रशारण समेत गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi