neapl investment mega bank aadharbhumi aadharbhumi

अवैध लागूऔषध गाँजा सहित पक्राउ

Oct 14th, 2020

काठमाडौं, असोज २८

रौतहटको कटहरिया नगरपालिका ५ पानी ट्याङकीस्थित सडकबाट करिब आधा किलो अवैध लागूऔषध गाँजा सहित कटहरिया नगरपालिका १ भसेढबाखोर टोल बस्ने २२ वर्षीय संजय दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका ३ तेर्सापट्टीस्थित बुद्ध बिहार नजिकबाट करिब ६ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक बस्ने २० वर्षीय प्रकाश बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पैदल हिँडिरहेका उनलाई अस्थाई प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi