neapl investment mega bank

रनर मोटरसाईकलमा ५१ हजार सम्मको नगद छुट

Oct 13th, 2020

काठमाडौ, असोज २७

बंगलादेश को प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ । रनर मोटरसाईकलको नेपालका लागी आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाईकको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ ।

कम्पनीका अनुसार यो अहिलेसम्मकै उत्क्रस्ट अफर रहेको दाबी गरेको छ । साथै कम्पनीले मोटरसाईकल जगतमै सर्वाधिक छ वर्ष वारेन्टीका साथ मोटरसाईकल तथा स्कुटर विक्री वितरण गर्दै आएको छ । यतिमात्र न भई, कुनैपनी पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरिने छ ।

देशैभरी करिब २२ वटा शोरुम बाट ग्राहकले दशैं तिहार अंतर्गत रु ५१ हजार सम्म छुट का साथ सेल्स, सर्भिस र स्पेयर पार्टस को सुविधा पाउने छन । रमन मोटर्सले हाल ८० सि सि का सस्ता देखी २०० सि सि सम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री वितरण गर्दै आएको र उक्त ब्राण्ड को दिन दिनै बजार बढ्दै गएको कम्पनीले जनाएको छ ।