neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नक्कली एनजिओको लागि सामान आवश्यक भन्दै ठगी गर्ने पक्राउ

नक्कली एनजिओको लागि सामान आवश्यक भन्दै ठगी गर्ने पक्राउ

Oct 13th, 2020

काठमाडौ, असोज २७

नक्कली एनजिओको लागि सामान आवश्यक भन्दै ठगी गर्ने पक्राउ परेकाछन ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिभिन्न मितिमा ललितपुर, काठमाण्डौका बिभिन्न पसलहरुबाट पिपुुल केयर नेपाल संस्थाको लागि फर्निचर, कार्पेट, ईलोक्ट्रोनिक सामान र स्टेसनरीको सामान समेत गरी मुल्य ५३ लाख ३१ हजार दुई सय ५३ रुपैयाँ बराबरको सामान लिई तत्पश्चात भुक्तानी नगरी घर धनी समेतलाई झुक्याई सामान सहित लिई गई ठगी गर्ने जि. सिन्धुली मरिन गा.पा. ७ बारबिसे स्थायी घर भई हाल का.जि. बेसीगाउँ बस्ने वर्ष ३३ को बिक्रम शाह भन्ने निरन्जन थापा (म्यानेजिङ डारेक्टर) लाइ यही असोज २१ गते ठगीका सामान सहित महानगरीय प्रहरी परिसर ललिपुरबाट खटिएको प्रहरी टोली पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेका शाह बिरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi