neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई दशैको अवसरमा व्याज रकममा भारी छुट

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई दशैको अवसरमा व्याज रकममा भारी छुट

Oct 13th, 2020

काठमाडौ, असोज २७

महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले क्रृणिहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिसत छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले व्याज रकममा १० प्रतिसत छुट असोज मसान्तभर प्रदान गर्ने छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।

आउदै गरेको नेपालीहरुको महानपर्व विजयादशमी, तिहार तथा छठको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई बैंक हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या करिब पाँच लाख भन्दा बढी रहेको छ ।