neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन जना पक्राउ

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन जना पक्राउ

Oct 13th, 2020

काठमाडौ, असोज २७

जग्गा हेर्ने बहानामा लुुटपाट गरी हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले हत्यामा संलग्न भएको अभियोगमा तीन जनालाई पक्राउ गरी आज मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुुपाल्चोको बाह्बिसे नगरपालिका २ लेर्खक घर भई काठमाडौको थली बस्दै आएका ३७ वर्षीय कामी शेर्पा, सिन्धुुपाल्चोकको चौताराको बतासे नगरपालिका २ घर भई काठमाडौको बौद्ध बस्दै आएका २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछापको धोवी गाउँपालिका घर भई काठमाडौको बौद्ध बस्दै आएका २७ बर्षिया वर्षीय प्रेम तामाङ रहेको महाशाखाले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुले भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा) को गत साता हत्त्या गरेका थिए । गत बुधबार अपरान्ह करिब ४ बजेतिर घरमा आएका अज्ञात व्यक्तिहरुको अनुरोधपछि योञ्जन बिक्रीमा रहेको जग्गा देखाइदिन भन्दै डेढ किलोमिटरको दूरीमा रहेको भक्तपुरको सुडालमा लगेका थिए ।

सो पश्चात उक्त समुहले योञ्जनलाई कुटपिट गरी सिक्री लुटेर भागेका थिए । योञ्जनको उपचारको क्रममा गत बिहिबार काठमाडौको ग्रिन सिटी हस्पिटलमा मृत्युु भएको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi