neapl investment mega bank aadharbhumi aadharbhumi

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

Oct 13th, 2020

सुनसरी, २७ असोज

धरान उपमहानगरपालिका-८ साम्पाङ चोकबाट १२ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद १० हजार ९ सय ५० रुपैयाँ सहित सोही उपमहानगरपालिका-१५ बिशालचोक बस्ने ३८ वर्षीय बिजय कुमार रोक्कालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.१० प ६२९५ मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi