neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा ४ सहित ९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

उपत्यकामा ४ सहित ९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

Oct 12th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २६ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा काठमाडौंका ७१ वर्षीया र चितवनका ४० वर्षीया रहेका छन् भने पुरुषमा सुनसरीका ३७,८९,९० वर्षीय ३ जना, काठमाडौंका ६३,६७ वर्षीय २ जना,ललितपुरका ५० वर्षीय र रुपन्देहीका ७४ वर्षीय रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ६४५ पुगेको छ । यसअघि आइतबार कोरोना भाइरसका कारण २२ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi