काठमाडौ, असोज २६
टिभिएस दशैंको आशा योजना अन्तर्गत बिजेता बनेका हेम लता थागुन्ना लाई आरआर ३१० हस्तान्त्रण गरिएको छ । बिजेता बनेका हेमलता थागुन्नाले टीभीएस जुपिटर ११० खरिद गरेका थिए ।
टिभिएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खसिद गरेर वा खरिद नगरेरपनि यो योजनामा सहभागीबन्न सक्ने छन्।यो योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथा द्धारा बिजेता घोषण गरिने छ । तेस्रो हप्ताको बिजेतालाई आरआर ३१० हस्तान्तरण गरिएको हो । “टिभिएस दशैँको आशा” योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटकोरूपमा ९००० र स्कूटरको खसरदमा ७००० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन्भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्नेग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।
बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि कम्पनीको वेभसाईटमा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन्भने आरआर ३१० जित्ने अवसर पाउने छन्। यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो।जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।
नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुतपकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । ११० देखि ३१० सिसि सम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आरटिआर २००४ भि,अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिककोको बिबिधता रहेको, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।