neapl investment mega bank
  • गृहपृष्ठ
  • मुक्तिनाथ बिकास बैंकमा लेखापरीक्षकहरुलाई सहज कर्जा

मुक्तिनाथ बिकास बैंकमा लेखापरीक्षकहरुलाई सहज कर्जा

Oct 12th, 2020

काठमाडौ, असोज २६

मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहजरुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ । सम्झौतापत्रमा बैकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एशोसिएसकोतर्फबाट एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेकाछन । यो सम्झौता अनुसार लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहजरुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

अडानले लेखा व्यबसायसंग सम्बन्धित लेखापरीक्षक एबं लेखा व्यबसायीहरुको हितका लागि बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रिय कार्यसमिति रहेकाछन् ।

बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएम बाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।