neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बालिकाहरूद्धारा आफ्नो सवालमा आफैंले बहस

बालिकाहरूद्धारा आफ्नो सवालमा आफैंले बहस

Oct 12th, 2020

काठमाडौ, असोज २६

नवौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालिकाहरूले आफ्नो सवालमा आफैंले बहस गरेका छन् । पाँच जिल्लाका ५५ किशोरीहरुले स्थानीय सरकारलाई रेडियो बहस मार्फत कोभिड १९ पछि शिक्षामा परेको प्रभावका विषयमा ध्यानाकर्षण गराएका छन् । आइतबार किशोरीहरूले रेडियो माइक्रोफोन हातमा लिएर आफ्नै सवाल र आफ्नै नेतृत्वमा सामुदायिक रेडियोमा बहस गरेका हुन् ।
यस बर्षको अन्तर्राष्ट्रिय बालिका दिवसको नारा ‘मेरो आवाज, हाम्रो समान भविष्य’ लाई बढुवा दिदै किशोरीहरूले कोभिड १९ पछि शिक्षामा देखिएको असर र निरन्तर सिकाईका विषयमा छलफल र बहस गरेका थिए ।

कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा बालिकाको संरक्षण, स्वास्थ्य र निरन्तर सिकाइमा परेको असरलाई कम गर्न र उनीहरूलाई विद्यालय फर्काउन उपयुुक्त वातावरण र माहोल बनाउन के गर्न सकिन्छ जस्ता बिषय र प्रश्नमा स्थानीय सरकारका प्रमुख, उपप्रमुख र सरोकारवालाहरुसंग किशोरीहरुले छलफल गरे । किशोरीहरुले कोभिडपछि समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारी गराए । सुदूरपश्चिम जिल्लाको अछाम बाजुरा, प्रदेश नम्बर दुईको रौतहट, सर्लाही र प्रदेश १ को सुनसरीमा रहेका २६ रेडियोबाट किशोरीले आज अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा रेडियो बहस गरेका छन् ।

किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर कोभिडपछि बालिका शिक्षामा परेको असर र मुद्दाबारे स्थानीय सरकारसँग छलफल गरिएको छ । कार्यक्रम सञ्चालन पनि किहोरीहरुले नै गरेका छन् । २६ रेडियोमा ५५ किशोरीले स्थानीय सरकार प्रमुख, उप्रमुख र प्रशासकीय अधिकृतसँग कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा बालिकाको संरक्षण, स्वास्थ्य र निरन्तर सिकाइमा परेको असरका विषयमा बहस गरेका हुन् । आजको बहसपछि स्थानीय सरकारले शिक्षामा परेको असरलाई कम गर्न र उनीहरूलाई विद्यालय फर्काउन के के गर्न सकिन्छ भन्नेमा छलफल केन्द्रित गर्ने प्रतिवद्धता जनाएका छन् । रेडियोहरूमा किशोरीले नेतृत्व गर्दै स्थानीय तहका प्रतिनिधिहरूबाट समेत बालिकाको निरन्तर सिकाईका लागि प्रतिबद्धता जाएर गर्न लगाए।
रेडियोमा किशोरीले निरन्तर सिकाई अभियान अन्र्तगत बिहानदेखि दिउँसो सम्म निरन्तर छलफल चलाएका थिए । नेपाली, डोटेली, मैली, बजिकासहितका स्थानीय भाषामा किशोरीले कार्यक्रम सञ्चालन गरे ।

कार्यक्रममा सम्पूर्ण वर्गका बालिका एवं किशोरीको आवाज समेटियोस् भनेर फरक क्षमता भएका, दलित, सिमान्तकृत, मधेसी, द्वन्द्वपीडित, छाउपडी प्रभावितलगायतलाई समेटिएको थियो । कोभिड–१९ अघिमात्र १३ करोड बालिकाहरू विद्यालयको पहुँचभन्दा बाहिर थिए ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघले आफ्नो विश्वब्यापी अभियान “सिकाइ कहिल्यै रोकिँदैन” अन्र्तगतस्थानीय रेडियो मार्फत वकालत कार्यक्रम पनि घोषणा गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi