neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • झुट्टा तथा नक्कली मुल्य अभिबृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा मुुद्धा

झुट्टा तथा नक्कली मुल्य अभिबृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा मुुद्धा

Oct 11th, 2020

काठमाडौ, असोज २५

राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोकले झुट्टा तथा नक्कली मुल्य अभिबृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा मुुद्धा दायर गरेको छ । बिभागले झुट्टा तथा नक्कली म“.अ.कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा केही फर्महरुका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट नगद जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई उच्च अदालत पाटनमा दुुई वटा मुुद्धा दायर गरेको हो ।

झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने ललितपुर, महालक्ष्मी नगरपालिका (१ स्थित मनिष ट्रेडिङ्ग कन्सर्नका मुख्य कारोवारी किशोरी यादवसमेत तीन जनाबाट १३ करोड ३५ लाख अठ्ठासी हजार दुई सय ६३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई यही असोज २१ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको बिभागले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi