neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • २० वर्षीया महिलालाई बेचविखन गरेको अभियोगमा पक्राउ

२० वर्षीया महिलालाई बेचविखन गरेको अभियोगमा पक्राउ

Oct 11th, 2020

काठमाडौं, असोज २५

विभिन्न प्रलोभनमा पारी २० वर्षीया महिलालाई भारत लगी बेचबिखन गरेको अभियोगमा काठमाडौं नयाँबस्ती बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ घर भएका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई विभिन्न प्रलोभन देखाई भारतमा लगी बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । तामाङ उपर मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनुसन्धान हुने उक्त ब्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi