neapl investment mega bank aadharbhumi aadharbhumi

कोरोना सङ्क्रमणबाट थप २२ जनाको मृत्यु

Oct 11th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २५ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ५ महिला र १७ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा काठमाडौं ,सुनसरी ,धनकुटा ,चितवन र मकवानपुरका एकरएक गरि ५ जना ,र पुरुषहरुमा सुनसरी ,सर्लाही ,ललितपुर ,नुवाकोट ,सिन्धुपाल्चोकका एकरएक गरि ५ जना, काठमाडौंका ४ जना,भक्तपुरका २ जना, चितवनका ३ जना र रुपन्देहीका ३ जना रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ६३६ पुगेको छ । यसअघि शनिबार कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi