neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मानसिक स्वास्थ्यका बिषयमा २८ जना सामुदायिक रेडियोकर्मीलाई फेलोसिप

मानसिक स्वास्थ्यका बिषयमा २८ जना सामुदायिक रेडियोकर्मीलाई फेलोसिप

Oct 11th, 2020

काठमाडौ,असोज २५

मानसिक स्वास्थ्यका बिषयमा देशभरिका २८ जना रेडियोकर्मीलाई फेलोसिप (लेखनबृत्ति) प्रदान गरिएको छ । १५ हजार राशीको पुरस्कार भूगोल, भाषा र दक्षताका आधारमा प्रदान गरिएको हो ।
यूनिसेफ नेपाल, कान्तिबाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओ नेपालको सहकार्यमा भएको तालिमको समापन गर्दै २८ जना रेडियोकर्मीलाई फेलोसिप पनि प्रदान गरिएको हो । देशभरिका सामुदायिक रेडियोकर्मीका लागि भएको मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्य सम्बन्धी तालिममा सहभागि भएका ३ सय २० जनामध्येबाट २८ जना छनोट गरिएको हो ।

भर्चअल माध्यमबाट भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य एवं प्रवक्ता मीनबहादुर शाहीले मानसिक स्वास्थ्य सम्बन्धी सञ्चारलाई प्राथमिकता दिएर योजनाहरु बनाउने प्रतिवद्धता व्यक्त गरे । युनिसेफका स्वास्थ्य शाखाका प्रमुख बुद्धि सेटुवानले मानसिक स्वास्थ्य सम्बन्धी प्राविधिक ज्ञान लिएका रेडियोकर्मीहरुले जनचेतनाका लागि महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरे ।

कान्तिबाल अस्पतालका बाल मनोचिकित्सक अरुण कुँवरले सामुदायिक रेडियोहरुले मनोपरामर्शका लागि महत्वपूर्ण काम गर्न सक्ने र मानसिक स्वास्थ्यको लागि दिनदिनै जानकारी दिन सक्ने बताए । १३ वटा समूहमा विभाजन गरेर गरिएको भर्चुअल तालिममा सहभागि देशैभरिका सामुदायिक रेडियोहरुबाट मानसिक स्वास्थ्यका बिषयमा कार्यक्रम र सूचना प्रसारण गर्ने प्रतिवद्धता सहभागिहरुबाट आएको सीआईएनका प्रवन्धक दीपक आचार्यले जानकारी दिए । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचनातथा सञ्चार केन्द्रका प्रमुख कुञ्जजोसीले रेडियोकर्मीका लागिमानसिक स्वास्थ्य सम्बन्धी यस्तो खालको तालिम पहिलो पटक भएको र आगामी दिनमा पनि यस्ता तालिम र रेडियोका कार्यक्रमका लागि सहकार्य गर्न सरकार तयार भएको बताए । सूचना तथा प्रसारण विभागका निर्देशक ईश्वरराज दहालले सामुदायिक रेडियो नै जिल्लाहरुको प्रमुख सञ्चार माध्यम भएकाले ति रेडियोले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने बताए ।

यूनिसेफका विकासका लागि सञ्चार शाखाका प्रमुख सञ्जु भट्टराईले आगामी दिनमा सामुदायिक रेडियोसँग मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमका लागि पनि साझेदारी गर्ने बताए । फेलोसिप पाउनेमा प्रदेश नं एक बाट भिजन एफएम ओखलढुंगाका पूर्ण प्रसाद न्यौपाने, रेडियो साथी झापाका ज्ञानेन्द्र निरौला, रेडियो मेन्छ्याम तेह्रथुमका इन्दिरा भट्टराई र रेडियो लालिगुँरास धनकुटाका बिदुर खवास रहेकाछन । त्यस्तै प्रदेश २ बाट रेडियो जानकीका बटुक झा, रेडियो गुञ्जनका उपेन्द्र गोले, रेडियो एकताका जनार्दन खत्री र रेडियो मिताका यमुना खनाल रहेकाछन । बागमती प्रदेशबाट रेडियो सिन्धुका अस्मी स्याङ्तान, रेडियो महाभारतका बृुद्ध नेपाली, रेडियो रामेछापका अनिता थापा मगर र रेडियो चिम्टेश्वरी नुवाकोटका रामहरी न्यौंपानेले फेलोसिप प्राप्त गरेकाछन । प्रदेशबाट रेडियो स्याङ्जाका रमेश गोदार, रेडियो हिमचुलीका रमेश रामदान राई र रेडियो लमजुङका शान्ता कमली रहेकाछन । लुम्बीनी प्रदेशबाट रेडियो मदनपोखराका विजयकुमार गौंडेल, रेडियो मुक्तिका निरु थापा, रेडियो मालारानीका नविन केसी रहेकाछन भने कर्णाली प्रदेशबाट रेडियो चँखेलीका हस्त चौंलागाई, रेडियो शारदाका प्रतिक शर्मा ईच्छुक, रेडियो कर्णाली आवाजका नवराज महतरा, बुलबुले एफएम सुर्खेतका कल्पना डेंगा मगर रहेकाछन ।

सुदुरपश्चिम प्रदेशबाट रेडियो सेभेन स्टार बैतडीका डम्बरबहादुर बोहोरा, रेडियो बार्जु बाजुराका नन्दा थापा, रेडियो टिकापुरका दुर्गा देवकोटा, रेडियो खलंगा जाजरकोटका टिका बिसी र नयाँ नेपाल एफएम दार्चुलाका सन्तोस कोट्टारीले फेलोसिप प्राप्त गरेकाछन ।

aadharbhumi
aadharbhumi
aadharbhumi