काठमाडौ, असोज २३
टिभिएस दशैंको आशा योजनाअन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्षप्रशारण मार्फत गरिने गोलाप्रथाबाट पहिलो हप्ताको विजेता बन्न सफल भई टिभिएस अपाचे आरआर ३१० जितेकोमा हेमलता थगुुन्नालाई जगदम्बा मोटर्सले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । यो योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन ।
“टिभिएस दशैँको आशा“ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटकोरूपमा नौ हजार रुपैयाँ र स्कुुटरको खरिदमा सात हजार रुपैयाँ नगद छुट प्राप्तगर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।
बम्पर उपहारका रूपमा, हरेकहप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि टिभिएसमा गएर फारम भर्नु पर्ने छ । जसमामोटरसाइकलनकिन्नेले पनिआफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसरपाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनिआफ्नो छनौट वाकिन्नको विकल्पको बावजूद पनि भागलिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । ११० देखि ३१० सिसि सम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आरटिआर २००४ भि,अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिककोको बिबिधता रहेको, बिक्री पश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।