neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २०५९ जनामा कोरोना सङ्क्रमण पुष्टि , संक्रमितको संख्या १ लाख नाघ्यो

थप २०५९ जनामा कोरोना सङ्क्रमण पुष्टि , संक्रमितको संख्या १ लाख नाघ्यो

Oct 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ असोज

शुक्रबार थप २०५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार २७९  जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६७६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार २७९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ४ हजार ७०३ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या २७ हजार ५३ छ। जसमा संस्थागत आइसोलेसनमा ११ हजार १७६ जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८७७ जनाको उपचार भइरहेको छ। हालसम्म ११ लाख ४५ हजार
२३७ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १६८० जना डिस्चार्ज

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७२.५ प्रतिशत छ। नेपालमा पछिल्लो २४ घण्टामा १६८० जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट १६८० जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ७३ हजार २३ पुगेको छ ।