neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शहीद गौचनको तेश्रो स्मृति दिवसमा महासंघमा श्रद्धाञ्जली सभा, देशभर विविध कार्यक्रम

शहीद गौचनको तेश्रो स्मृति दिवसमा महासंघमा श्रद्धाञ्जली सभा, देशभर विविध कार्यक्रम

Oct 9th, 2020

काठमाडौ, असोज २३

नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनको तेश्रो स्मृति दिवसको अवसरमा शुक्रवार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरियो । सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गिय गौचनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको स्मरण गरिएको थिए ।

कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणका कारण कार्यक्रमलाई भव्य रुपमा गर्न नसकिए पनि नेपाल सरकारले जारी गरेको स्वस्थ्य मापदण्डलाई पूर्ण पालना गर्दै गौचन स्मृति दिवसलाई निरन्तरता दिइएको महासचिव रोशन दाहालले बताए । आगामी बर्षहरुमा भने स्वर्गीय गौचनको सम्झनामा बृहत रुपमा अन्यकार्यक्रम पनि गरिने जानकारी महासचिव दाहालले दिए । निर्माण व्यवसायीहरुमाथि अहिले पनि सुरक्षा खतरा रहेको भन्दै उनले व्यवसायीहरुका सुरक्षाका लागि महासंघले ठोस पहल गर्नुपर्ने बताए । सो अवसरमा गौचनको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो ।

श्रद्धाञ्जली सभा अगाडि महासंघ परिसरमा रहेको स्वर्गिय गौचनको अर्धकदको शालिकमा महासंघका अध्यक्ष रवि सिंह सहित गौचनकी धर्मपत्नी आशा गौचन, महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने तथा पदाधिकारीहरु, सदस्यहरु र महासंघका कर्मचारीहरुले माल्र्यापण गरेका थिए । यसैबीच जिल्ला निर्माण व्यवसायी संघहरुले पनि गौचनको स्मृतिमा विविध कार्यक्रम गरेका छन् । गौचनको २०७४ साल असोज २३ गते नयाँवानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा निवास नजिकै अपराधिक समुहबाट गोली हानी हत्या गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi