neapl investment mega bank
  • गृहपृष्ठ
  • ब्रोकर एसोसियसनद्धारा बिद्युुतीय माध्यमबाट मात्र कारोवार गर्न आग्र्रह

ब्रोकर एसोसियसनद्धारा बिद्युुतीय माध्यमबाट मात्र कारोवार गर्न आग्र्रह

Oct 9th, 2020

काठमाडौ, असोज २३

स्टक ब्रोकर एसोसियसनले बिद्युुतीय माध्यमबाट मात्र कारोवार गर्न आग्रह गरेको छ । कोभिड–१९ को बढदो संक्रमणलाई ध्यानमा राखि एसोसियएसनले सेयर कारोवारको लागि बिद्युुतीय माध्यममात्र प्रयोग गर्न आग्रह गरेको हो ।

विश्वव्यापी महामारीको रmपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको र ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यरत कर्मचारीहरm समेत उच्च जोखिममा रहेकाछन । यो अवस्थामा कतिपय कम्पनीहरmमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण समेत देखिसकेको छ । हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागी खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबार सँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाट नै गर्न सक्ने अवस्था रहेकाले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट मात्र गर्न गराउनु हुन संघ हार्दिक आग्रह गर्दछ, संघले बिज्ञप्ती मार्फत भनेको छ ।