neapl investment mega bank aadharbhumi aadharbhumi

पटाका सहित २ जना पक्राउ

Oct 9th, 2020

सुनसरी, असोज २३

ईटहरी उपमहानगरपालिका ५ खाद्य गोदाम नजिकबाट श्रीविजयी कोब्रा नाम लेखिएको ६७ बन्डल पटाका सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका ६ श्रीपुर बस्ने २७ वर्षीय समिर मिया र सोही ठाउँ बस्ने १९ वर्षीय आलम मिया रहेका छन् । उक्त स्थानमा भारतबाट पटाका ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुको साथमा रहेको बोरा र कार्टुनहरु जाँच गर्दा उक्त पटाका फेला पारेको हो ।

उनीहरु उपर मुलुकी अपराध (संहिता) २०७४ अनुसार जिल्ला अदालत सुनसरी ईनरुवावाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi