neapl investment mega bank aadharbhumi aadharbhumi

कोरोना सङ्क्रमणबाट थप १२ जनाको मृत्यु

Oct 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २२ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महिलामा काठमाडौंका ७९ वर्षीया , ललितपुरका ७३ वर्षीया , भक्तपुरका ८२ वर्षीया र सुर्खेतका ८२ वर्षीया रहेका छन् र पुरुषहरुमा काठमाडौंका ५८ र ९१ वर्षीय २ जना,सुनसरीका ३९ वर्षीय,धनुषाका ७० वर्षीय,चितवनका ८१ / ८१ र ९२ वर्षीय ३ जना र कास्कीका ८३ वर्षीय रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५९० पुगेको छ । यसअघि बुधवार कोरोना भाइरसका कारण १५ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi