neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थपिए २ हजार ५४० संक्रमित

काठमाडौं उपत्यकामा थपिए २ हजार ५४० संक्रमित

Oct 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २२ असोज

बिहीबार काठमाडौंमा उपत्यकामा थप २ हजार ५४०  जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २ हजार ५४०  जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका २ हजार ८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि बुधवार उपत्यकामा १ हजार ६८४ सङ्क्रमित थपिएका थिए।

नेपालमा बिहीबार थप ३४३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ९८ हजार ६१७ पुगेको छ । पछिल्लो २४ घण्टामा २६७५ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ७१ हजार ३४३ पुगेको छ ।
हालसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi