काठमाडौं, २२ असोज
आधारभूमि संवाददाता
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ६३ लाख नाघेको छ ।
नेपाली समय बिहीबार बिहान ९:०० बजे सम्म विश्वभरीमा तीन करोड ६३ लाख ९१ हजार ५७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड ७४ लाख ८ हजार ५२९ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७९ लाख २२ हजार ८५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६७ हजार ४२६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १० लाख ६० हजार ४४३ व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७७ लाख ७६ हजार २२४ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख १६ हजार ७८४ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ६८ लाख ३२ हजार ९८८ जना सङ्क्रमित भएका छन् भने १ लाख ५ हजार ५५४ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५० लाख २ हजार ३५७ जना सङ्क्रमित भएका छन् भने एक लाख ४८ हजार ३०४ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर